ट्र्याक्टर दुर्घटनामा तीन जना घाइते

सिमकोट – सिमकोट बजार प्रवेश गर्ने काठेचुली क्षेत्रमा ट्र्याक्टर दुर्घटना हुँदा दुई महिलासहित तीन जना घाइते भएका छन्।

दाउरा लोड गरिएको लु.४त १४४८ नम्बर प्लेटको ट्र्याक्टर कच्ची सडकमा गुडिरहेका बेला जौबारीमा खसेको प्रत्यक्षदर्शी लोकेन्द्र रावतले बताए।

घाइते हुनेमा सिमकोट गाउँपालिका–४ स्याम्नेकी कामना महत र ६ नम्बर वडाकी मञ्जु रोकाया छन्।

ट्र्याक्टरका सहचालक सुरज बिक पनि घाइते भएका छन्। घाइते तीनै जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माले जानकारी दिए।

 

चैत २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्