पत्रकार होम कार्कीको वैदेशिक रोजगारको इतिवृतान्त ‘सनैया’

काठमाडौँ– पत्रकार होम कार्कीलिखित पुस्तक ‘सनैया’ लोकार्पण भएको छ। कान्तिपुर पब्लिकेशनको लागि प्रवासी नेपालीहरुको बारेमा कतारबाट रिपोर्टिङ गर्ने कार्कीले आफ्नो रिर्पोटिङको समयमा भेटेका पात्रहरुलाई पछ्याएर पुस्तक लेखेको बताए।

उनले भने, ‘रिपोर्टिङका क्रममा समाचारमा राख्न नमिल्ने सूचनाहरुलाई मैले पुस्तकमा उतारेको हुँ। मैले ती पात्रहरुलाई ६ वर्ष/सात वर्ष पनि पच्छाएको छु।’

उनले यो पुस्तक ४ वर्ष लगाएर लेखेको जानकारी दिए।

समाजशास्त्री एवं श्रम विज्ञ डा. गणेश राईले यो पुस्तक तथ्यांकीय रुपमा बलियो भएको बताए। उनले वैदेशिक रोजगारीका बारेमा अध्ययन गर्ने, थेसिस बनाउनेको लागि पुस्तक सन्दर्भ सामग्री हुने बताए। साथै पुस्तक सत्य र तथ्यलाई चाखलाग्दो तरिकाबाछ प्रस्तुत गरिएको बताए।

ट्रेड युनियनकर्मी तथा सांसद डा बिन्दा पाण्डेले पुस्तक पढ्दा मन गह्रौँ हुने बताइन्। उनले कुवेतको महिला सेल्टरमा उद्धारको लागि जाँदाको अनुभव साझा गर्दै उनले यौनिकताका आधारमा राज्यले नीति बनाउने काम बन्द हुनुपर्ने बताइन्।

यस्तै श्रम प्रशासन विज्ञ तथा पूर्व सचिव पूर्णचन्द्र भट्टराईले पुस्तकले वैदेशिक रोजगारको इतिवृत्तान्त गरेको बताए। पुस्तकले खाडीको सुख दुःख, बसाईसराई अनि विकासलाई समेटेको, सामाजिक सँस्कृतिक, आर्थिक पक्षको जटिलता देखाएको बताए।

उनले विदेशबाट फर्केका नेपालीहरुलाई राज्यले समेट्ने विषयमा भने नीति राम्रो भएपनि कार्यान्वयनको पाटो गाह्रो भएको बताए।

चैत २१, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्