आज समर्थन फिर्ता लिइँदैनः नारायणकाजी श्रेष्ठ

फाइल तस्बिर।

काठमाडौँ – नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबारे पार्टीले आजै कुनै निर्णय नगर्ने बताएका छन्।

उनले आजको आजै समर्थन फिर्ता लिनेबारे निर्णय हुने सम्भावना नरहेको बताए। उनले भने, ‘आज समर्थन फिर्ता लिइँदैन।’

आज बस्ने माओवादी केन्द्रको स्थायी कमिटि बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने चर्चा थियो। तर बिहान ११ बजे बोलाइएको बैठक स्थगित भइसकेको छ।

नेताहरु उपत्यका बाहिर रहेका कारण बैठक स्थगित भएको माओवादी केन्द्रकी नेतृ पम्फा भुषाले जानकारी दिइन्।

अन्तिम समयमा बैठक स्थगित हुनलाई चासोका साथ हेरिएको छ। अर्काे बैठक कहिले बस्ने भन्ने टुंगो लागि नसकेको भुषालले बताइन्।

शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रले समर्थन फिर्ता लिए राजीनामा दिने घाेषणा गरेका थिए।

चैत २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्