दुई दिनदेखि बेपत्ता भएका बिर्तामोडका होटल संचालकको शव जंगलमा भेटियो

सांकेतिक तस्बिर।

झापा – बिर्तामोडको गाउँले होटलका संचालक तिलक निरौला झापाको चारआली जंगलमा मृत फेला परेका छन्।

बिर्तामोड ५ बस्ने निरौलाको शव जंगलमा फेला परेको प्रहरीले जनाएको छ।

निरौला मोटरसाइकलसहित २ दिनअघि बेपत्ता भएको बताइएको छ। उनको बारेमा मे. ९ प २२०९ नम्बरको मोटरसाइकलसहित निरौला बेपत्ता भएको सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।

शव जंगलभित्र रहेको र हत्या भए नभएको बारेमा अनुसन्धान गर्न प्रहरी टोली घटनास्थलमा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक गुरुप्रसाद तिम्सिनाले जानकारी दिए।

चैत २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्