बाराको पचरौतामा पाँच घरमा आगलागी

वीरगन्ज – बाराको पचरौता नगरपालिकामा आइतबार अपराह्न एकैपटक पाँच घरमा आगलागी हुँदा झण्डै ७ लाख रुपैयाँ बराबरको सम्पत्ति जलेर नष्ट भएको छ।

पचरौता नगरपालिका–१ पिपरपातीमा बस्ने जयनारायण यादवको घरबाट सल्केको आगोले नजिकै रहेका शम्भु यादव, नागेन्द्र यादव, मिश्री यादव र लक्ष्मण यादवको घरमा पनि क्षति भएको छ।

आगलागीबाट घर, लत्ता कपडा, अन्नपात लगायत नष्ट भएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

दमकल, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको मिश्रले बताए।

चैत २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्