एमाले प्रवेश गरेका लुम्बिनीका दुई सांसदलाई हटाउन प्रचण्डको पत्र

फाइल तस्बिर।

बुटवल – नेकपा एमाले प्रवेश गरेका माओवादी केन्द्रका प्रदेशसभा सदस्यलाई पदबाट हटाउन माओवादी केन्द्रले पत्राचार गरेको छ।

लुम्बिनी प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित भएर पार्टी परित्याग गरेका सांसद दधिराम न्यौपाने र दिनेश पन्थीलाई कारबाही गर्न माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पत्र पठाएका हुन्।

उनीहरूको सांसद पदबाट हटाउन पत्र आएको प्रदेश सभा सदस्य माओवादी केन्द्रकी केन्द्रीय सदस्य दामाकुमारी शर्माले जानकारी दिइन्। उनका अनुसार ती सांसदलाई हटाएपछि रिक्त पदमा निर्वाचन हुनेछ।

माओवादी केन्द्र परित्याग गरेका सांसद न्यौपाने र पन्थीलाई यसअघि माओवादी केन्द्रले स्पष्टीकरण सोधेको थियो। न्यौपाने र पन्थीले दिएको स्पपष्टीकरण चित्तबुझ्दो नभएको भन्दै दुबै जनालाई पदबाट हटाउन प्रदेश सरकारलाई पत्राचार गरेको हो।

प्रदेशसभामा माओवादी केन्द्रबाट निर्वाचित रूपन्देहीका न्यौपाने र गुल्मीका पन्थी नेपाल कम्युनिष्ट पार्टी नेकपाको विघटनपछि माओवादी केन्द्र परित्याग गरी एमालेमा प्रवेश गरेका थिए।

चैत २२, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्