आहा रारा गोल्डकपः मनाङलाई हराउँदै संकटा सेमिफाइनलमा

तस्बिरः सहारा क्लबको फेसबुकबाट।

काठमाडौँ– डिफेन्डिङ च्याम्पियन मनाङ मर्स्याङ्दी क्लबलाई हराउँदै संकटा क्लबले आहा रारा गोल्डकपको सेमिफाइनल सुरक्षित गरेको छ। पोखरा रंगशालामा सोमबार भएको प्रतिस्पर्धामा पराजित मनाङ मर्स्याङ्दी क्लब पहिलो खेलबाटै बाहिरिएको हो।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ सकिन एक मिनेट बाँकी रहँदा फोफोना फोडेले गरेको गोल निर्णायक बन्दा संकटाले विभागीय प्रतिद्वन्द्वी एपिएफसँग सेमिफाइनलमा भेट पक्का गरेको हो।

संकटाका अमित तामाङले फ्रिकिकमार्फत दिएको पासमा फोफोनाले जाली चुमाउँदा अन्तिम चार यात्रा सम्भव भएको हो।

आहा रारा गोल्डकप मनाङ मर्स्याङ्दीले ६ पटक उचालिसकेको इतिहास छ।

मंगलबारको अन्तिम क्वार्टरफाइनल खेल थ्रीस्टार र नेपाल पुलिस क्लबबीच हुनेछ।

चैत २३, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्