स्टारडम, तीन प्रेमी र एक्लो मृत्यु – परबीन बबी जसले सुन्दर संसार कहिल्यै भेटिनन्

परबीन बबी सिनेमालाई पर्दामा त्यो सबै कुरा ७० को दशकमा गरिरहेकी थिइन्, जो आफ्नो चाहना, आधुनिकता र आत्म निर्भरताको लागि महिलाहरु आजको दिनमा गर्न चाहन्छन्।

विश्वास लाग्दैन भने चलचित्र ‘दिवार’ को त्यो दृश्य स्मरण गर्नुहोस् जहाँ अमिताभ बच्चन एउटा वियर बारमा बसिरहेका हुन्छन् र उनलाई त्यहाँ एक्लै देखेर परबीन बबी पुग्छिन् र बिना कुनै चिनाजानी कुराकानी शुरु गर्छिन्।

एउटा हातमा चुरोट र अर्को हातमा रक्सिको गिलास । एकदमै निडर र स्कर्टको यस्तो डिजाइन जहाँबाट उनको तिघ्रा चिहाइरहेको देखिन्थ्यो।
यो त मात्र एउटा दृश्य हो। पारबीरको पूरै करियर यस्तै दृश्यसँगै मिल्दो छ, जसमा उनी आफ्नो जीवनकाललाई बदल्दै गरेको देखिएकी थिइन्।
एउटा यस्ती युवतिको भूमिकामा, जो कामकाजी छिन् र आत्म निर्भर पनि । यस्ती युवति जसलाई विवाह अगाडि आफ्नो पुरुष मित्रसँग अन्तरगं सम्बन्ध बनाउनु अनैतिक लाग्दैनथियो।

यो सबै गर्दैगर्दा उनको करियर यात्राको प्रगति उनी साथ साथै रहिरहन्छ। कहीँ कुनै पनि दाग लाग्न सक्दैन। उनलाई पनि न कुनै दागको चिन्ता थियो न यो समाजको ।

छोटो भूमिकामा पनि जादू

‘दीवार’ मा छोटो भूमिका निभाएपछि नै परबीनले ठूलो भाग्य आफूतर्फ खिचेकी थिइन्। यहि एउटा कारण थियो की परबीन बबीको सक्रिया चलचित्र करियरको ३ दशकको लामो अन्तरालपछि पनि उनको भूमिका मानिसहरुलाई स्मरण रहिरह्यो।

यो कुरा पनि महत्वपूर्ण हो की पारबीनको भूमिका हिरोलाई प्राथमिकता दिएर बनाइएको चलचित्रमा धेरै नै छोटो हुने गर्दथ्यो। तर यो उनको अनुहार र उपस्थितीको जादू थियो कि छोटो भूमिकामा पनि उनलाई चर्चामा राखिराख्नको लागि काफि थियो।

जब सिनेमा पर्दामा राम्री युवतिहरु कुर्ता सुरुवाल र साडि लगाउने चलन थियो तब पाश्चात्य रंग ढंगमा सजिने परबीन बबीलाई चलचित्र निर्देशक बीआर इशाराले पहिलो पल्ट क्रिकेटर सलिम दर्रानीसँग सन् २९७३ मा चलचित्र ‘चरित्र’ मा मौका दियो। चलचित्र त फ्लप भयो तर परबीन बबीको जादू भने चल्न थाल्यो।

४ अप्रिल सन् १९४९ को सौराष्ट्र जूनागढको एक मध्यम वर्गीय परिवारमा जन्मिएकी परबीन बबीले अहमदाबादको सेन्ट जेबियर्स कलेजमा अंग्रेजी साहित्यमा स्नातक सम्मको अध्ययन गरेकी थिइन् र मोडलिङमा आफ्नो करियर खोजिरहेकी थिइन्।

निर्देशक बिआर इशारा नयाँ अभिनेत्रीको खोजिमा रहेको धेरैले भन्ने गरेका छन्। यस्तैमा कुनै दिन इशाराको आँखा परबीनमाथि प¥यो। परबीन यतिबेला हातमा सल्काएको चुरोट लिएर धुवा उडाउँदै थिइन्, तब इशाराले ठाने, उनले अभिनेत्री भेटे।

‘टाइम’ को कभर पेजमा

परबीनलाई सन् १९७४ मा बनेको चलचित्र ‘मजबूर’ बाट पहिलो सफलता मिल्यो। यो चलचित्रमा उनले अमिताभ बच्चनसँग जोडि बाँधेकी थिइन्। यसपछि ‘एङ्ग्री योङ्ग म्यान’ चलचित्रले उनलाई सफलताको नयाँ उचाइमा पु¥यायो। यसपछि उनले धेरै सफल चलचित्रमा काम गरिन् जसमा ‘दीवार, अमर अकबर एन्थनी, शान र कालिया’ हरु पर्छन्।

सन् १९७६ मा परबीन यति सफल भइसकेकी थिइन् की विश्व विख्यात म्यागजिन ‘टाइम’ ले उनको तस्बिर कभर पेजमा छाप्यो । टाइम म्यागजिनमा तस्बिर छापिने परबीन पहिलो बलिउड कलाकार थिइन्।

चलचित्र क्षेत्रको करियरमा उनी जति सफल थिइन्, निजी जीवनमा थिएन। उनको पहिलो प्रेम सम्बन्ध डेनिसँग रह्यो। तर यो सम्बन्ध धेरै समय अगाडि बढ्न सकेन। फिल्मफेयरलाई उनले दिएको एक अन्तवार्तामा डेनीले बताएका थिए, परबीन र उनको साथ ३,४ वर्षसम्म रह्यो। त्यसपछि यी दुई फरक फरक बाटोमा हिड्न थाले।

कबिर बेदी

डेनी पछि परबीन बबीको प्रेम सम्बन्ध कबिर बेदीसँग भयो। यी दुईले एकसाथ सन् १९७६ ‘बुलेट’ चलचित्रमा काम गरे र तीन वर्षसम्म एक अर्काको मायामा डुबिरहे। कबिरको मायाको लागि परबीनले आफ्नो चम्किरहेको करियरलाई पनि छाडिन्।

यी दुईको प्रेम सम्बन्ध चलिरहेको बेलामा कबिरलाई इटालियन टेलिभिजन सिरियलमा लिड रोल मिल्यो र परबीन उनीसँग बस्नको लागि यूरोप सिफ्ट भइन्। तर यी दुई बिच खटपट शुरु भयो तब परबीन फर्केर बलिउड नै आइन। उनी फर्केपछि पनि इन्डस्ट्रीले उनलाई राम्ररी स्विकार ग¥यो।

फर्केर आउने क्रममा प्रितिश नन्दीले भनेर परबीन बबीले ‘द इलस्ट्रेट्रेड विकली अफ इन्डिया’ मा आफ्नो सस्मरण लेखिन्, ‘मेरो करियर यो भन्दा राम्रो कहिले पनि भएन। म नम्बर १ को प्रतिस्पर्धामा छु। बम्बईमा परबीन नभएको चलचित्र नै बनिरहेका छैनन्। मानिसहरु मेरो यस्तो सफल कमव्याक देखेर चकित भएका छन्।

कोही यसलाई मेरो भाग्य भनिरहेका छन्। तर म भन्न चाहन्छु, यो भाग्य हैन, यो पसिना र आँशु हो, जुन टुटेको मुटुसँग कठोर मेहेनतका साथ आएको छ। जे होस् यो यात्रामा मैलो थाहा पाएकी छु, शो बिजमा बनिराख्नको लागि आफ्नै संघर्ष छ, यसको आफ्नै दबाब र चुनौति छ। म यसमा यति धेरै घुसिसकेकी छु की अब यसलाई मेलै झेल्नै पर्छ।

महेश भट्टसँग रोमान्स

कबिर बेदीसँग ब्रेकअप जीवनको टर्निङ प्वाइन्ट बताउने परबीन यसपछि महेश भट्टसँग प्रेममा परिन्। महेश यतिबेला विवाहित थिए। सन् १९७७ महेश श्रीमति र छोरी पूजा भट्टलाई छोडेर परबीनसँग बस्न थाले ।

यो त्यो समय थियो जब परबीर स्टार थिइन् र महेश फ्लम चलचित्रकर्मी। परबीनसँग आफ्नो सम्बन्धको बारेमा महेशले ‘अर्थ’ चलचित्र बनाए। यो चलचित्र पछि महेशको करियर उकालो चढ्न थाल्यो भने परबीन यस्तो अवस्थामा पुगिन् किन उनको मानसिक सन्तुलन डगमगाउन थालेको थियो।

महेशसँगको सम्बन्धको समयमा नै उनलाई मानसिक समस्या शुरु भएको थियो। जसबारे महेशले धेरै अन्तर्वार्तामा भनेका छन्। महेशले उनलाई प्यारानायड स्क्रिजोफेनिया भएको बताएका थिए तर परबीन आफूलाई यो समस्या नभएर आनुवांशिक बिमारीले चपेटेको बताउथिन्।

अध्यात्मको शरणमा

महेश भट्टसँग रहँदा नै परबीनले आध्यात्मिक गुरु यूजि कृष्णमूर्तिसँग सम्पर्कमा रहेकी थिइन । उनले भनेर नै सन् १९८३ मा परबीनले बलिउड छोडिदिइन्। थोरै समय उनी व्यांगलोरमा बसिन्, त्यसपछि अमेरिका गईन्।

यो त्यही समय थियो जब परबीन आफ्नो करियरलाई गंभीर रुपमा लिइरहेकी थिइन् र अमिताभ बच्चनको सायाभन्दा बाहिर बसेर केही गर्ने कोशिस गरिरहेकी थिइन्। यही समयमा उनले जितेन्द्रसँग ‘अर्पण’ चलचित्रमा काम गरिन्, जसमा उनी पाश्चात्य रंग ढंगभन्दा फरक साडिमा लपेटिएको देखिएकी थिइन्।

यतिमात्र हैन ऋषिकेश मुखर्जीको चलचित्र ‘रंग बिरंग’ र इस्माइल श्राँफ को चलचित्र ‘दिल आखिर दिल हे।’ जस्ता चलचित्रमा उनले काम गर्न थालिन तर यसमा अचानक ब्रेक लाथ्यो । अमेरिकामा पनि उनको मानसिक रोगको कुनै उपचार भएन।

अमिताभसँग डर

आफ्नो बिमारीको समयमा उनले अमिताभ बच्चन सहित केही नाम चलेका व्यक्तिहरुसँग आफ्नो ज्यानलाई खतरा भएको बताएकी थिइन्। सन् १९८९ मा परबीन भारत फर्किइन् र सन् २००६ सम्म मुम्बईमा रहिन, बलिउडको चम भन्दा धेरै पर।

अमिताभ बच्चनमाथि उनको कथित शंका कस्तो थियो यसको अन्दाजा डनिसँग उनको बोलचाल बन्द भएपछिको समय लगाउन सकिन्छ।
डेनिले यस बारेमा बताउँदै फिल्म फेयरलाई भनेका थिए, ‘एक अन्तवार्तामा अमिताभ जी ले परबीनको राम्रो साथी भएको बताएका थिए। परबीनले यो अन्तर्वाता पढेकी थिइन्, यसपछि म परबीनको घर गएको थिए, तर उनको ढोका खुलेन।’

अमिताभ बच्चनसँगको उनको शंकोच उनको जीवनको अन्तिम समयसम्म चलिरह्यो। उनले मर्नुभन्दा १ वर्ष अगाडि दिएको अन्तर्वातामा अमिताभ बच्चनलाई यो शताब्दिको स्टार चुनिएकोमा खेद व्यक्त गरेकी थिइन्।

आफ्नो शर्तमा जिउने

उनले यो अन्तवार्तामा अभिताभलाई भारतको सबैभन्दा ह्यान्डसम १० व्यक्तिको सूचिमा राखिएको कुराको खिल्ली उडाएकी थिइन्। उनले भनेकी थिइन्, ‘देवानन्द, फिरोज खान, शशि कपूर, वा राज कपूर, ऋषि कपूर धेरै ह्याण्डसम थिए।’

उनले शशि कपूरका छोरा करण कपूर र सञ्जय गान्धिलाई परबीनले अभिताभ भन्दा राम्रो भनेकी थिइन्। तर परबीनको कुनै पनि अभिव्यक्तिको अभिताभले भने सार्वजनिक रुपमा कहिले पनि जवाफ दिएनन्। सन् २००५ मा परबीनको निधन भएपछि मिडियामा अमिताभले भनेका थिए, ‘आफ्नो सर्तमा जिउने कलाकार जसको हिन्दी सिनेमा क्षेत्रमा गहिरो प्रभाव रहिरहनेछ।’

मानसिक बिमारी र सनकको हदमा आफ्नो सर्तमा जिउने परबीन आफ्नो जीवनको अन्तिम समयमा पनि आत्मनिर्भर नै बनिरहिन्। कसैको सरणमा परिनन्।

तर साँचो यो पनि हो, जुन परबीन बबीको घरको अगाडि चलचित्र निर्माताको लाइन हुन्थ्यो। उसको अन्तिम समयमा सबैले उनलाई बिर्सेका थिए। झण्डै दशकको स्टारडम र ५० ओटा चलचित्रले उनको जीवनको एक्लोपनालाई भर्न सकेनन्। यहि एक्लोपन उनको जीवनको अन्तिम समयसम्म रहिरह्यो।

खासमा परबीन बबीको काहानी एउटा सानो शहरबाट आएर बलिउडमा छाउने त्यो सुन्दरीको कहानी हो, जसलाई सुन्दर संसार कहिल्यै मिलेन।

केही बलिउडमा बनिरहनको लागि दबाब, केही मायामा मिलेको धोका को र केही मानसिक बिमारी। यो सबै मिलेर परबीनको चमकलाई फिका त जरुर ग¥यो तर उनको प्रभाव बलिउडमा लामो समयसम्म रहनेछ।

(परबीन बबीको जन्म जयन्ति (अप्रिल ४) को अवसरमा बिबिसी हिन्दीले पुन प्रकाशन गरेको लेख)

चैत २४, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्