च्याम्पियन्स लिगः म्यानचेस्टर सिटी सेमिफाइनल यात्रा नजिक

म्यानचेस्टर सिटीले च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ ।

क्वाटरफाइनलको पहिले लेग अन्तर्गत मंगलबार राति भएको खेलमा म्यानचेस्टर सिटीले बोरुसिया डर्टमुण्डलाई २–१ ले पराजित गरेको हो ।

घरेलु मैदानमा भएको खेलमा सिटीलाई जिताउन केविन डी ब्रुयना र फिल फोडिनले गोल गरे । बोरुसियाका लागि मार्को रेउसले एक गोल फर्काए ।

१९ औँ मिनेटमा डी ब्रूयनाले गोल गरेर सिटीलाई सुरुवाति अग्रता दिलाए । ८४ औँ मिनेटमा एर्लिङ्ग ब्राउट हल्याण्डको सहयोगमा मार्कोले गोल गरि खेल बराबरीमा ल्याए ।

तर ९० औँ मिनेटमा फोडिनले गोल गरेपछि सिटी विजयी भयो । सिटीको गोलका लागि रियाद महरेज र इल्कायी गुण्डोगानले सहयोग गरेका हुन् ।

दोस्रो लेग अब बोरुसियाको मैदानमा हुनेछ, सो खेलमा घरेलु मैदानमा निकालेको २–१ को जितको सुविधासहित उपस्थित हुनेछ म्यानचेस्टर सिटी ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्