भारतमा थपिए एकै दिन एक लाख १५ हजार भन्दा बढि संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण लगातार बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा एक लाख १५ हजार ७३६ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा अहिले सक्रिय संक्रमितको संख्या ८ लाख ४३ हजार ४७३ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोभिड–१९ का कारण ६३० जनाको ज्यान गएको छ । अहिलेसम्म कोभिड–१९ बाट मृत्यु हुनेको संख्या एक लाख ६६ हजार १७७ पुगेको छ ।

भारतमा कुल संक्रमितको संख्या एक करोड २८ लाख भन्दा बढि पुगेको छ । अहिलेसम्म ८ करोड ७० लाख भन्दा बढिले खोप लगाएका छन् ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्