काठमाडौँ – चीनले अनुदनमा दिएको कोरोना भाइरसविरुद्धको ८ लाख डोज खोप ‘भेरोसेल’ बुधबारदेखि लगाउन सुरु गरिएको छ ।

यो चरणमा अत्यावश्यक सेवामा काम गर्ने कर्मचारी, होटल ट्रेकिङ, विज्ञापन र इन्टरनेट क्षेत्रमा काम गर्ने व्यक्ति, औषधि, फलफुल, तरकारी लगायतका व्यापारीले पनि खोप पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।

यस्तै स्वास्थ्य मन्त्रालयका अनुसार यसअघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने व्यक्तिहरुलाई पनि यो खोप दिइने छ। खोप लगाउनका लागि मन्त्राललयले ७ जिल्लाका २३ स्थान तोकेको छ।

काठमाडौँको निजामती कर्मचारी अस्पतालमा चिनियाँ खोप ‘भेरोसेल’ खोप लगाउँदै गरेको तस्बिर देश सञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले खिचेका छन् ।