गण्डकी प्रदेश सरकारबाट बाहिरियो माओवादी केन्द्र

काठमाडौँ– गण्डकी प्रदेश सरकारमा सहभागी नेकपा (माओवादी केन्द्र)का दुईजना मन्त्रीले राजीनामा दिएका छन्।

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुर  चुमान र भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री लेखबहादुर थापा मगरले मुख्यमन्त्री पृथ्वी सुब्वा गुरुङ समक्ष राजीनामा बुझाएका हुन्।

बुधबार दिउँसो एक बजेतिर दुबैजना मन्त्रीले राजीनामा बुझाएको आन्तरिक मामिला तथा कानुनमन्त्री चुमानका स्वकीय सचिव खुमबहादुर  बिक ‘राजु’ले जानकारी दिए।

पार्टीको निर्देशन बमोजिम उनीहरुले राजीनामा बुझाएका हुन्।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्