कट्रीना कैफलाई कोरोना संक्रमण, टाइगर–३ को छायांकन प्रभावित

बलिउड नायिका कट्रीना कैफलाई कोरोना भाइरस संक्रमण भएको छ। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमित भएको बताएकी छन्। कट्रीना हाल ‘टाइगर ३’ को छायांकनमा व्यस्त थिइन्। कोरोना भाइरस संक्रमण पोजेटिभ भएपछि चलचित्रको छायांकन प्रभावित बनेको छ।

यशराज स्टुडियो मुम्बईमा चलचित्रको छायांकन भइरहेको थियो। कट्रीनालाई कोरोना संक्रमण भइसकेपछि स्टुडियोले तीन सातापछि मात्रै उनको भूमिका छायांकन गर्ने जनाएको छ। हाल सलमान उनको एकल भूमिकाको छायांकन गरिरहेका छन्।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्