तस्विरमा पत्रकार महासंघको निर्वाचन रौनक : बच्चासहित आएका मतदातादेखि ह्विलचेयरबाट भोट माग्दै उम्मेदवार

काठमाडौँ- नेपाल पत्रकार महासंघको नयाँ नेतृत्वका लागि बुधबार देशब्यापीरुपमा मतदान भइरहेको छ। महासंघअन्तर्गत रहेका प्रतिष्ठान, एसोसिएट र जिल्लाबाट सदस्यता लिएकाले मतदान गर्दैछन्।

केन्द्रीय कार्यसमितिसहित जिल्ला संघ, प्रदेश, उपत्यका प्रतिष्ठानको नेतृत्वका लागि पनि मतदान भइरहेको छ।  महासंघको इतिहासमा पहिलोपटक प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत नयाँ नेतृत्व चयन हुँदै छ।

उपत्यकाका विभिन्न मतदान केन्द्रमा भइरहेका मतदानमा मतदाताहरु काखे बच्चा साथ लिएरसमेत सहभागी भएका छन्। केन्द्रीय अध्यक्षका प्रत्यासी गजेन्द्र बुढाथोकी मतदानका लागि लाइनमा बसेका मतदातासँग ह्लिल चेयरबाटै भोट मागिरहेको देखिन्थे।

यसपटकको महासंघ निर्वाचनमा मुख्य त दुईवटा प्यानल मैदानमा छन्। नेपाली कांग्रेस निकट मानिने प्रेस युनियनले माओवादी केन्द्र निकट मानिने प्रेस सेन्टर र नेकपा एमालेको माधव कुमार नेपाल-झलनाथ खनाल समूह पक्षीय प्रेस चौतारीसँग गठबन्धन गरी विपुल पोखरेल नेतृत्वको प्यानललाई अघि सारेको छ।

यसैगरि एमालेको संस्थापन पक्षनिकट प्रेस चौतारीले निर्मला शर्मा नेतृत्वको प्यानललाई अघि सारेको छ।

 

 

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्