काठमाडौँ– म्यानमारका नागरिकको जीवन रक्षाका लागि मानव अधिकार तथा शान्ति समाजले माइतीघर मण्डलामा मैनबत्ती जुलुस निकालेको छ।

म्यानमारमा नागरिकमाथि भएको ज्यादतीलाई रोक्न तथा शान्ति स्थापनाका लागि बुधबार मानव अधिकार तथा शान्ति समाजले मैनबत्ती जुलुस गरेको हो।

गएको फेब्रुअरी १ मा निर्वाचित सत्ता सेनाले हत्याएर शक्ति हातमा लिएपछि लगातार विरोध प्रदर्शन हुँदै आएको छ। सोही क्रममा सेनाले नागरिकमाथि दमन गर्दै आएको छ।