कोशी नदीमा हामफालेका बृद्धको सकुशल उद्धार

फाइल तस्बिर।

मोरङ– कोशी नदीमा हामफालेका एक बृद्धलाई प्रहरीले सकुशल उद्धार गरेको छ।

झापा विर्तामोड ३ का ८४ वर्षीय जोगिन राजवंशीले बुधबार अपराह्न करिब सवा ४ बजे कोशी नदीमा हामफालेका थिए।

नदीमा बृद्धले हामफालेको खबर प्रहरीले पाएसँगै उद्धारका लागि टोली खटिएको १ नम्बर प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठका अनुसार प्रहरीले नदीमा डुबेका बृद्धलाई स्थानीय माझीहरुको सहयोगमा सकुशल उद्धार गरेको हो।

घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको प्रवक्ता श्रेष्ठले बताए।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्