बुहारी बलात्कारको आरोपमा ससुरा पक्राउ

वीरगञ्ज– बुहारीलाई बलात्कार गरेको आरोपमा ससुरालाई बारा प्रहरीले पक्राउ गरेको छ। प्रहरीले ४५ वर्षीय ससुरालाई पक्राउ गरेको हो।

उनले गत चैत १५ गते दिउँसो कोठामा सुतिरहेको अवस्थामा बुहारीलाई जबरजस्ती करणी गरेको प्रहरीले जनाएको छ।

पीडित बुहारीले चैत २४ गते मंगलबार प्रहरीमा दिएको उजुरीको आधारमा ससुरालाई पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

पक्राउ परेका ससुराविरुद्ध जबर्जस्ती करणी सम्बन्धी कसुरमा जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गराइ अनुसन्धान प्रक्रिया अघि बढाइएको मिश्रले बताए।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्