धौलागिरी लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा मीनबहादुर बोहरा

काठमाडौँ– बागलुङ जिल्लास्थित केन्द्रीय कार्यालय रहेको राष्ट्रिय स्तरको लघुवित्त वित्तीय संस्था लिमिटेडले बुधबारदेखि लागु हुने गरी आगामी चार बर्से कार्यकालको लागि मीनबहादुर बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ।

बडिकेदार गाउँपालिका–१ डोटी घर भएका बोहरालाई प्रमुख कार्यकारी अधिकृतमा नियक्त गरिएको वित्तीय संस्थाका कम्पनी सचिव तथा योजना विभाग प्रमुख निर्मल गौतमले जानकारी दिए।

बोहरा ग्रामिण लघुवित्त वित्तीय सस्थामा १५ वर्ष, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंकको कायममुकाय प्रमुख कार्यकारी अधिकृतसहित ३ वर्ष, कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी भइ साढे तीन वर्ष र नेपाल एग्रो लघुवित्तमा ८ महिना निमित्त प्रमुख कार्यकारी भइ कार्य गरेको अनुभव रहेको छ।

बोहरालाई संस्थाका अध्यक्ष ईश्वरलाल राजभण्डारीले पद तथा गोपनियताको सपथसमेत गराएका छन्।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्