एमाले नेपाल–खनाल समूहले कर्णालीमा पनि बनायो समानान्तर कमिटी

काठमाडौँ– नेकपा एमाले नेपाल–खनाल समूहले कर्णाली प्रदेशमा पनि समानान्तर कमिटी गठन गरेको छ।

उक्त समूहले कर्णाली प्रदेशको इन्चार्जमा युवराज ज्ञवाली, अध्यक्षमा प्रकाश ज्वाला र सचिवमा निरज आचार्यलाई तोकेको छ। यो निर्णय नेपाल–खनाल समूहले केन्द्रबाट गरेको हो।

एमालेको ओली खेमामा भने अध्यक्षमा यामलाल कँडेल, गुलावजंग शाह इन्चार्ज र माओवादी त्यागेर एमाले प्रवेश गरेका धर्मराज रेग्मीले सचिवको जिम्मेवारी पाएका छन्।

नेपाल–खनाल समूहले अब कर्णालीका सबै जिल्लामा समानान्तर कमिटी बनाउँदै छ।

सर्वोच्च अदालतको फागुन २३ को फैसलाबाट एमाले र माओवादी केन्द्र ब्यूँतिएका थिए। एमालेमा नेपाल–खनाल र ओली समूहबीच झगडा हुँदा नेपाल–खनाल पक्षले समानान्तर कमिटी गठनलाई तिब्रता दिएको छ।

चैत २५, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्