लुकाकु र मार्तिनेजको गोलमा इन्टर मिलानको जित

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा शीर्ष स्थानको इन्टर मिलान विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा इन्टर मिलानले सासुओलोलाई २–१ ले पराजित गरेको हो ।

इन्टर मिलानका लागि १० औँ मिनेटमा रामेलु लुकाकु तथा ६७ औँ मिनेटमा लौतारो मार्तिनेजले गोल गरेका हुन् । सासुओलोका लागि ८५ औँ मिनेटमा ट्राओरीले एक गोल फर्काृए ।

जितपछि शीर्ष स्थानको इन्टर मिलानको २९ खेलबाट ७१ अंक भएको छ । दोस्रो स्थानको एसी मिलानको ६० तथा तेस्रो स्थानको युभेन्टसको ५९ अंक छ ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्