रोनाल्डो र डिबालाको गोलमा युभेन्टसको जित

इटालियन सिरी ए फुटबल अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले नापोलीलाई २–१ ले पराजित गरेको हो ।

युभेन्टसको जितमा क्रिष्टियानो रोनाल्डो र पाउलो डिबालाले गोल गरे । नापोलीका लागि लोरेन्जो इनसिग्नीले एक गोल फर्काएका हुन् ।

१३ औँ मिनेटमा रोनाल्डोले गोल गरेर युभेन्टसलाई सुरुवाति अग्रता दिलाए । ७३ औँ मिनेटमा डिबालाले अग्रता दोब्बर पारे ।

९० औँ मिनेटमा पाएको पेनाल्टीमा नापोलीका लागि लोरेन्जोले एक गोल फर्काए पनि हार टार्न सकेनन् ।

जितपछि तेस्रो स्थानमा फर्किएको युभेन्टसको २९ खेलबाट ५९ अंक भएको छ । ९ सिजन लगातार उपाधि जितेका युभेन्टस यो पटक भने शीर्ष स्थानको इन्टर मिलान भन्दा १२ अंकले पछि छ ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्