मौसमः बदली तथा वर्षाको सम्भावना देशका कुन क्षेत्रमा कस्तो छ?

काठमाडौँ – देशभरको मौसम बिहीबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

स्थानीय वायु तथा पश्चिमी वायुको आंशिक प्रभावका साथै नेपाल भन्दा दक्षिणमा बनेको तल्लो वायुमण्डलीय न्यून चापीय प्रणालीको प्रभावका कारण मौसम बदली भएको हो ।

अहिले पहाडी भू–भागहरूमा आंशिक बदली रहेको छ । देशका केही स्थानहरूमा तुँवालो लागेको छ ।

बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली रहने छ।

प्रदेश १ का पहाडी भू–भागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा अपरान्हतिर मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यसैगरि राति देशका पहाडी भू–भागमा आंशिकदेखि समान्य बदली रही बाँकी क्षेत्रमा मौसम आंशिक बदली हुनेछ । पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्टयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्