पत्रकार महासंघ धनुषाले पायो महिला नेतृत्व

जनकपुरधाम – नेपाल पत्रकार महासंघ धनुषाको अध्यक्षमा मनिका झा निर्वाचित भएकी छन् । २६ औँ अधिवेशनमा सबैभन्दा बढि मत ल्याउँदै झा निर्वाचित भएकी हुन् । उनले अरु पाँच प्रत्यासीलाई पराजित गरेकी हुन् ।

त्यस्तै उपाध्यक्षमा अवधेश कामत विजयी भएका छन्न् । महिला उपाध्यक्षमा नेहा झा निर्वाचित भएकी छन् ।

सचिवमा बटुकनाथ झा, सह–सचिवमा निरञ्जन साह, सह–सचिव समावेशीमा गोविन्द महतो र कोषाध्यक्षमा रामकमल महतो निर्वाचित भएका छन् ।

धनुषा शाखामा कुल १ सय ७४ मतदाता रहेकोमा १ सय ६२ जनाले मतदान गरेका थिए ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्