भारतमा भयावह बन्दै महामारी, एकै दिन थपिए एक लाख २६ हजार भन्दा धेरै संक्रमित

भारतमा कोरोना भाइरसको संक्रमण लगातार तीव्र गतिमा बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा एक लाख २६ हजार ७८९ जनामा संक्रमण पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

बुधबार कोभिड–१९ का कारण ६८५ जनाको ज्यान गएको छ । सरकारी तथ्यांक अनुसार भारतमा अहिलेसम्म कोभिड–१९ का कारण एक लाख ६६ हजार ८६२ जनाको ज्यान गइसकेको छ ।

अहिले भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख १० हजार भन्दा बढि छ भने अहिलेसम्म ९ करोड एक लाख ९८ हजार भन्दा बढिले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।

भारतमा कुल संक्रमितको संख्या एक करोड २९ लाख भन्दा बढि पुगेको छ ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्