फोटो फिचर

‘धुँवा धुलो साह्रो भो, सास फेर्न गाह्रो भो’ भन्दै माइतीघरमा प्रदर्शन (तस्बिरहरु)

काठमाडौँ– काठमाडौँ उपत्यका लगायतका सहरहरुमा वायु प्रदूषण बढेको भन्दै त्यसलाई नियन्त्रण गर्न युवाहरुले माग गरेका छन्।

उनीहरुले बिहीबार माइतीघर मण्डलामा विरोध प्रदर्शनसमेत गरेका छन्। प्रदर्शनका क्रममा युवाहरुले विभिन्न नारा लेखिएका प्लेकार्डहरु बोकेका थिए।

उनीहरुले ‘धुँवा धुलो साह्रो भो, सास फेर्न गाह्रो भो, हामी हावा फेर्ने कि धुलो?, संविधानको धारा ३० ले के भन्छ स्वच्छ वातावरण दे भन्छ, राजनीतिभन्दा प्रदूषित भयो हाम्रो सहर, म चाहिँ मन्त्रीहरुको दिमाग सफा गर्न हिँडेँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।

पछिल्लो केही समयदेखि काठमाडौँ उपत्यकामा वायु प्रदूषण बढेको छ। विज्ञहरुले अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन सुझाव दिएका छन्।