७ जिल्लाका सिडिओ फेरिए, अध्यागमन विभागका प्रमुख पनि परिवर्तन

काठमाडौँ- गृह मन्त्रालयले ७  जिल्लाका प्रमुख जिल्ला अधिकारी-सिडिओ फेरेको छ।

बाँकेका शिवलाल गेलाल, नवलपरासी पश्चिममा धर्मेन्द्र मिश्र, लमजुङमा होमप्रसाद लुइटेल, वैतडीमा राजेन्द्रदेव पाण्डे, रोल्पामा नवराज सापकोटा र मकवानपुरमा भरतमणी पाण्डे सिडिओका रुपमा पुगेका छन्। उनिहरु सबै जना सहसचिव हुन्। बाजुराको सिडिओको जिम्मेवारी उपसचिव गोपालकुमार अधिकारीले पाएका छन्।

यसैगरि सहसचिव नारायण प्रसाद भट्टराईलाई अध्यागमन विभागको महानिर्देशकको जिम्मेवारी दिइएको छ।

चैत २६, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्