दीपिका पादुकोणको वेबसाइट लञ्च, रणवीर संसारकै गर्विलो श्रीमान

दीपिका पादुकोण

बलिउडकी स्टार अभिनेत्री दीपिका पादुकोणले नयाँ वेबसाइट लञ्च गरेकी छन्। दीपिकापादुकोण डट कम नामको वेबसाइटमा उनको बारेमा सूचनाहरु राखिएको छ।

वेबसाइटमा दीपिकाको हरेक क्रियाकलापलाई अपडेट गरिएको छ। उनले पाएका अवार्ड, अभिनय गरेको चलचित्र, उनका फोटोसुटका तस्बिरहरु, दीपिकाले म्यागजिनमा दिएको अन्तर्वार्ता, भिडियो सामग्रीहरु, कपडा, गहना तथा जुत्ताहरु मूल्यसहित राखिएको छ।

साथै यो वेबसाइटमा दीपिकाले स्थापना गरेको फाउनेशन ‘लिभलभलाफ’ को बारेमा पनि उल्लेख गरिएको छ। यो फाउनडेशनले मानसिक स्वास्थ्यको बारेमा जनचेतना फैलाउने गर्दछ।

 

View this post on Instagram

 

A post shared by Deepika Padukone (@deepikapadukone)


वेबसाइट खोलेपछि उनलाई धेरैले शुभकामना दिएका छन्। दीपिकाका श्रीमान् अभिनेता रणवीर सिंहले गर्विलो महशुस भएको बताएका छन् । उनले उनी गज्जबको मानिस भएको बताए। उनले उनी आफ्नो श्रीमती भएको भएर मात्रै हैन, उनको क्षमता हेरेर बताएको जनाएका छन्। उनी विशेष व्यक्तित्व भएको र महानताको लागि जन्म लिएको बताएका छन्।

चलचित्रकर्मी फराह खानले पनि दीपिकालाई शुभकामना दिएकी छन्। फराहले दीपिकालाई ओम शान्ति ओम चलचित्रमार्फत चलचित्र क्षेत्रमा डेब्यू गराएकी थिइन्।

चैत २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्