पत्रकार महासंघ बाँकेमा भण्डारी विजयी

नेपालगञ्ज – नेपाल पत्रकार महासंघ, बाँके शाखाको अध्यक्षमा दामोदर भण्डारी विजयी भएका छन्।

भण्डारी १८ मतले विजयी भएका हुन्। एक सय ५७ मत ल्याएर भण्डारी विजयी हुँदा उनका प्रतिस्पर्धी डक्टप्रसाद धितालले एक सय ३९ मत ल्याएका थिए।

उपाध्यक्षमा संगीत शर्मा र करुणा शाह, सचिवमा कमल डाँगी, सहसचिवमा हेमन्त चौधरी र कृष्ण ओली, कोषाध्यक्षमा विनोद पौडेल भएका छन्।

सदस्यमा सावित्री गिरी, पवित्रा सुनार, राधेश्याम चौधरी, भीष्म लोध, मो। जावेद हल्वाई, दिनेश ठाकुर, जावेद अहमद साह, खगेन्द्रप्रसाद आचार्य, डिल्ली शाही, शंकर लामिछाने, शौरभ गिरी, निर्मल आचार्य, सुनिल रेग्मी विजयी भएका छन्।

चैत २७, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्