इन्जुरी समयको गोलले वुल्भ्स विजयी

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा वुल्भ्स विजयी भएको छ ।

अवे मैदानमा भएको खेलमा इन्जुरी समयको गोलले वुल्भ्सले फुलह्यामलाई १–० ले पराजित गर्न सफल भएको हो ।

वुल्भ्सको जितमा इन्जुरी समयको दोस्रो अर्थात ९२ औँ मिनेटमा ट्राओरीले गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि वुल्भ्स ३१ खेलबाट ३८ अंकसहित १२ औँ स्थानमा उक्लिएको छ । ३२ खेलबाट २६ अंकसहित फुलह्याम १८ औँ स्थानमा छ ।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्