भारतमा एकैदिन थपिए एक लाख ४५ हजार भन्दा धेरै संक्रमित

भारतमा कोरोना भाइरसको नयाँ संक्रमण लहरले विकराल रुप लिएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक लाख ४५ हजार ३८४ जनामा संक्रमण पुष्टि भएको छ। कोभिड–१९ का कारण ७९४ जनाको ज्यान गएको स्वास्थ्य मन्त्रालयले उल्लेख गरेको छ ।

अहिलेसम्म भारतमा संक्रमितको संख्या एक करोड ३२ लाख पाँच हजार ९२६ पुगेको छ । हालसम्म एक लाख ६८ हजार ४३६ जनाको कोभिड–१९ का कारण ज्यान गएको छ ।

भारतमा गएको सोमबारदेखि लगातार एक लाख भन्दा धेरै संक्रमित थपिएका छन् दैनिक रुपमा।

सोमबार एक लाख तीन हजार ५५८, बुधबार एक लाख १५ हजार ७३६, बिहीबार एक लाख २६ हजार ७८९ तथा शुक्रबार एक लाख ३१ हजार ९६८ जनामा संक्रमण पुष्टि भएको थियो ।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्