ब्राउनसुगरसहित नेपालगञ्जबाट एकजना पक्राउ

सांकेतिक तस्बिर

नेपालगञ्ज – प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ।

लागुऔषध नियन्त्रण ब्युरोको टोलीले नेपालगञ्जबाट १५ ग्राम ब्राउनसुगरसहित हासिम हुसैन कवाडियालाई पक्राउ गरेको हो।

नेपालगञ्जको चौलिक्कामा लागुऔषधको ठूलो कारोबार भइरहेको विशेष सूचना पाएपछि पुगेको ब्युरोका प्रहरी नायब निरीक्षक प्रेमबहादुर अधिकारीको टोलीले कवाडियालाई पक्राउ गरेको थियो।

कवाडियाको गोजीबाट ब्राउनसुगर बरामद भएको अधिकारीले बताए।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्