फेरि बढ्यो प्रदेश २ मा कोरोना संक्रमितको संख्या

जनकपुरधाम – प्रदेश २ मा कोरोना सक्रिय संक्रमितको संख्या पुनः सयभन्दा बढी पुगेको छ।

शनिबार थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कोरोना सक्रिय संक्रमितको संख्या १ सय ७ पुगेको स्वास्थ्य निर्देशनालय प्रदेश २ का निमित्त निर्देशक विजयकुमार झाले जानकारी दिए।

पछिल्लो २४ घण्टामा ३७ जनाको पीसीआर टेस्ट गर्दा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालय प्रदेश २ का वरिष्ठ चिकित्सक डा कमलेश प्रसाद यादवले बताए।

शनिबार बारामा ५ र पर्सामा १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यससँगै यस प्रदेशमा कोरोेना संक्रमितको संख्या १७ हजार ३ सय १४ पुगेको छ।

हाल पर्सामा सबैभन्दा बढी ५५ जना कोरोनाको सक्रिय संक्रमित छन्।

त्यस्तै, बारामा ३१, धनुषामा १२, महोत्तरीमा ४, सर्लाहीमा २, सप्तरी, सिरहा र रौतहटमा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

 

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्