सिरहा बम काण्डमा संलग्न भएको आरोपमा थप एकजना पक्राउ

सांकेतिक तस्बिर

जनकपुरधाम– सिरहा बम काण्डमा संलग्न भएको आरोपमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा जिल्लाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नं. ३ लवकाटोलका २० वर्षीय गुड्डु भन्ने रामजतन मुखिया रहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक शालिग्राम शर्माले जानकारी दिए।

गत चैत १ गते सिरहाको लहान नगरपालिका वडा नं. ८ स्थित दुई तल्ले मालपोत कार्यालयको माथिल्लो तल्लाको भवनमा कर्मचारी अफिसको बाहिर बारको स्पेशमा कुकर बम बिष्फोट भएको थियो। सो घटनापश्चात जयकृष्ण गोइत नेतृत्वको जनतान्त्रिक तराई मुक्तिमोर्चा (क्रान्तिकारी) ले बम बिस्फोटको जिम्मा लिएको थियो।

घटनामा संलग्न भइ फरार रहेका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा इलाका प्रहरी कार्यालय लहानबाट खटेको प्रहरी टोलीले शनिबार मुखियालाई लहान नगरपालिका वडा नं. १ लोकतन्त्र चोकबाट नियन्त्रणमा लिएको प्रहरी प्रवक्ता शर्माले जानकारी दिए।

चैत २८, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्