विज्ञापन व्यवसायी अर्याल चेम्बर कार्यसमितिमा निर्वाचित

काठमाडौँ – मुलुकका अग्रणी विज्ञापन व्यवसायी तथा त्रिकोण एडभर्टाइजिङका प्रबन्ध निर्देशक राजेन्द्र अर्याल नेपाल चेम्बर अफ कमर्सको कार्यसमिति सदस्य निर्वाचित भएका छन् ।

चेम्बरको ७०औं वार्षिक साधारणसभाका क्रममा भएको निर्वाचनबाट अर्याल कार्यसमिति सदस्य निर्वाचित भएका हुन्।

एनआइसी एसिया बैंकमा सर्वसाधारण सेयरधनीको तर्फबाट सञ्चालक समेत रहेका अर्याल लामो समयदेखि नेपाल चेम्बर अफ कमर्सकाे कार्यसमितिमा रहँदै आएका छन् ।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्