पर्साको ठोरीमा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु, चार घाइते

सांकेतिक तस्बिर।

वीरगञ्ज– पर्साको ठोरी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट एकजनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन्।

मोटरसाइकलको ठक्करबाट ठोरी गाउँपालिका–४ का १९ वर्षका अभिषेक गोलेको मृत्यु भएको प्रहरीले जनाएको छ।

शनिबार साँझ ग ९ प ९५८७ नम्बरको मोटरसाइकलले गोपीबस्ती टोलमा पैदल गइरहेका चारजनालाई ठक्कर दिएको थियो।

दुर्घटनामा परी घाइते भएका गोलेको उपचारको क्रममा वीरगञ्जको एलएस न्युरो अस्पतालमा मृत्यु भएको प्रहरी चौकी विजयबस्तीका इन्चार्ज प्रहरी सहायक निरीक्षक मीन बहादुर रमौलीले जानकारी दिए।

दुर्घटनामा परी गोपीबस्तीकै मधु गोले , सञ्जय लामा,आनन्द परियार र मोटरसाइकल चालक राम सिंह राय थारु घाइते भएका छन्। उनीहरुमध्ये चालक थारुको नारायणी अस्पताल र अन्यको एलएस न्युरोमा उपचार भइरहेको छ।

मोटरसाइकल प्रहरी चौकी विजयबस्तीले नियन्त्रणमा लिएको छ।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्