नयाँ बसपार्क नजिकैकाे हाेटलमा युवककाे शव फेला

सांकेतिक तस्बिर।

काठमाडाैँ – काठमाडाैँकाे नयाँ बसपार्क नजिकैकाे एक हाेटलमा युवककाे शव फेला परेकाे छ।

बसपार्क नजिक मित्रनगरकाे सन्ताेषी गेष्ट हाउसमा युवककाे शव फेला परेकाे प्रहरीले जनाएकाे छ।

उनी पञ्चमुल नगरपालिका–९ स्याङ्जाका ३० वर्षीय नारायणबहादुर घर्ती क्षेत्री रहेकाे काठमाडाैँ प्रहरी परिसरका प्रवक्ता रमेश बस्नेतले जानकारी दिए।

मृतकको नागरिकताको आधारमा परिचय खुलेको उनले बताए।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्