शिवपुरीको जङ्गलमा डढेलो, नियन्त्रणको प्रयास जारी

काठमाडौँ- शिवपुरी जङ्गलमा डढेलो लागेको छ। शिवपुरी निकुन्जभित्र धुँवाको मुस्लो निस्किरहेको छ। महानगरीय प्रहरी वृत महाराजगन्जका प्रमुख रोशन खड्काले बिहानैदेखि डढेलो सुरु भएको जानकारी दिए।

डढेलो नियन्त्रणका लागि नेपाली सेनाले प्रयास गरिरहेको छ।

त्यस क्षेत्रमा दमकलको सहायताले आगो नियन्त्रणमा लिने प्रयाश भइरहेको प्रहरीले जनाएको छ।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्