भाइरल बनेको प्रचण्ड पत्नी सीताको यो तस्बिर

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको तस्बिरले अहिले सामाजिक सञ्जाल तताइरहेको छ।

छोरी गंगा दाहालको सामाजिक सञ्जालमा सार्वजनिक भएको तस्बिरमामा स्वयम् गंगा, उनकी दिदी रेणु दाहाल र सीता देखिएका छन्। सुतिरहेको देखिने सीताको अवस्था निकै दयनीय देखिन्छ।

उनको हात छोरीहरुले समातेको देखिन्छ। उनको हात छोरीहरुले समातेका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको यो तस्बिरलाई लिएर अनेक टिप्पणी भएका छन्।

सीताको स्वास्थ्य लाभाको कामना गर्नेहरु छन्। त्यति नै गंगाले पनि गाली खाएकी छन्। आमाको दर्दनाक तस्बिर प्रर्दशन गरेको भन्दै उनको आलोचना गरिएको छ। सीता लामो समयदेखि

‘पिएसपी’ रोगबाट पिडित छन्। प्रोग्रेसिभ सुप्रान्युक्लियर पाल्सीको संक्षिप्त स्वरुप पिएसपी मस्तिष्कको एक प्रकारको असामान्य अवस्था हो।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्