प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुन सक्दैनन्ः उपेन्द्र यादव

फाइल तस्बिर।

काठमाडौँ- जसपाका नेता उप्रेन्द्र यादवले प्रतिगमनकारी र क्रान्तिकारी एकै ठाउँमा हुन नसक्ने प्रतिक्रिया दिएका छन्।

आइतबारदेखि सुरु भएको आफ्नो दलको बैठक सकिएपछि उनले खासगरी प्रधामन्त्री केपी शर्मा ओलीलाई लक्षित गर्दै यस्तो प्रतिक्रिया दिएका हुन्।

तपाईंहरुको दलको एउटा खेमा सरकारमा जान लागेको हो? भन्ने प्रश्नमा उनी बोल्न चाहेनन्।

उनले सञ्चारकर्मीलाई लक्षित गर्दै भने, ‘यो तपाईंहरुको बुझाइ हो।’

सत्ता समिकरणबारे छलफल गर्न जसपाको बैठक भोलि पनि बस्ने भएको छ। यादवले आफ्नो दलको बैठक निष्कर्षउन्मुख रहेको बताए।

चैत २९, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्