पुछारको टिममाथि आर्सनलको शानदार जित

आर्सनलले चार खेलको जितबिहीन यात्रा टुंग्याएको छ । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा आर्सनलले शेफिल्ड युनाइटेडलाई ३–० ले पराजित गरेको हो ।

अवे मैदानमा भएको खेलमा आर्सनललाई जिताउन एलेक्सान्ड्र लाकाजेटीले ३३ र ८५ औँ मिनेटमा गरि दुई गोल गरे । यस्तै ७१ औँ मिनेटमा मार्टिनेलीले गोल गरेका हुन् ।

जितपछि नवौँ स्थानको आर्सनलको ३१ खेलबाट ४५ अंक भएको छ । पुछारको शेफिल्डको ३१ खेलबाट मात्रै १४ अंक छ । आइतबार राति नै भएको अर्को खेलमा न्यूक्यासलले बर्नलीलाई २–१ ले पराजित गरेको छ ।

चैत ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्