असनमा मनाइयो नेवारी समुदायको ‘पाहॉच:ह्रे’ जात्रा (हेर्नुस् तस्बिरमा)

काठमाडौँ- असन क्षेत्रमा स्थानीय नेवार समुदायले मनाउने ‘दया ल्यागु’ अर्थात ‘पाहॉच:ह्रे’ जात्रा सोमबार मनाइएको छ।

रातो, पहेँलो र निलो टोपी लगाएका सहभागीले रथ तानेका थिए।

जात्रामा हजारौँको उपस्थिती देखिएको थियो। बालबालिका मार्ने राक्षसमाथी दुर्गाले विजय प्राप्त गरेको खुसीयालीमा यो जात्रा मनाउने गरिन्छ।

 

चैत ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्