नेप्से नयाँ उचाइमा

सांकेतिक तस्बिर।

काठमाडौँ – धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक हालसम्मकै उच्च विन्दुमा पुगेको छ। लगातार उकालो लागेको नेप्सेको वृद्धिको क्रम सोमबार पनि जारी रहँदा नयाँ इतिहास कायम भएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.२० विन्दुले उकालो लागेर दुई हजार ६९१.५५ मा पुगेको छ। नेप्सेले अब दुई हजार ७ सयको यात्रा तय गरेको छ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ३.७८ विन्दुले उकालो लागेर ४८०.२९ मा पुगेको छ।

कुल २१६ कम्पनीको एक करोड ३८ लाख २१ हजार ५७३ कित्ता सेयर सात अर्ब ६१ करोड आठ लाख ८२ हजार ५० मा कारोबार भयो।
सोमबारको कारोबारपछि बजार पुँजीकरण ३७ खर्ब २६ अर्ब ८० करोड ६५ लाख ६० हजार हाराहारीमा पुगेको छ। यो मुलुकको कुल गार्हस्थ उत्पादन (जीडीपी)को हाराहारी हो।

कारोबार भएका कुल १३ उपसमूहमध्ये ६ उपसमूहको सेयर ओरालो लागेको छ भने सात उपसमूहको सेयर उकालो लागेको छ।

बैंकिङ १७.८१, विकास बैंक ३९.३६, निर्जीवन बिमा १६३.७६, उत्पादन १४.०६, लघुवित्त १८८.५६, जीवन बिमा १९७.७९ र सामूहिक लगानी कोष ०.०२ ले उकालो लागेको छ। यस्तै, व्यापार ६९.६२, होटल तथा पर्यटन ७५.१९, जलविद्युत् ४२.६७, वित्त १.३६, अन्य २९.७२ र लगानी ०.३३ विन्दुले उकालो लागेको छ।

कारोबारका आधारमा सोमबार एनआईसी एसिया बैंक शीर्ष स्थानमा छ। सो बैंकको २५ करोड सात लाख १८ हजार ४७६ कारोबार भयो । यस्तै, नबिल बैंक २४ करोड ५३ लाख ५६ हजार ९६०, नेपाल पूर्वाधार बैंक २२ करोड ११ लाख ९७ हजार ५७०, नेपाल बैंक २१ करोड ४६ लाख १३ हजार ४९५ र गरिमा विकास बैंक १९ करोड ८१ लाख ११ हजार ९५४ बराबरको कारोबार भइ शीर्ष स्थानमा रहे।

कारोबारका आधारमा एनआईसी एसिया लघुवित्त ९.९६, महिला लघुवित्त ९.९५, छ्याङ्दी हाइड्रोपावर ९.८७, ज्योति लाइफ इन्स्योरेन्स ९.८६ र सिन्धु विकास बैंकका लगानीकर्ताले ९.८० प्रतिशतले कमाए।

यसैगरी, सान्जेन जलविद्युत् कम्पनी ४.४१, हिमाल दोलखा हाइड्रोपावर ३.९५, युनाइटेड मोदी ३.६५, युनिभर्सल पावर कम्पनी ३.४७ र रसुवागढी हाइड्रोपावरका लगानीकर्ताले ३.३६ प्रतिशतले गुमाए।

चैत ३०, २०७७ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्