आमा बन्दै नायिका ऋचा शर्मा

काठमाडौँ – नायिका ऋचा शर्मा आमा बन्ने भएकी छिन्। उनले सामाजिक सञ्जालमार्फत आफू गर्भवती रहेको जानकारी दिएकी हुन्।

श्रीमान दीपेक्ष राणासँगै वृक्षमा पानी हालिरहेको तस्बिर शेयर गर्दै ऋचाले आमा बन्न लागेको जानकारी साझा गरेकी हुन्।

नयाँ जीवनको स्वागत गर्दै घरको दैलोमा आफू र श्रीमानले सजीवनको रुख रोपेको उनले बताएकी छन् ।

उनले भनेकी छन्, ‘एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो। त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले यो सजीवनको रुख रोप्दैछौँ। यो नयाँ जीवनको आगमन र यो रुखको अटूट साथ सधै बनिरहोस् भन्ने तपाईँहरू सम्पूर्णको आशीर्वादको अपेक्षा गर्दछु।’

ऋचाले आफ्नी आमा र अहिले पेटभित्र हुर्कँदै गरेको सन्तानबारे भावनात्मक सन्देश लेखेकी छन्।

‘आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाहा पाउँछस्। आज त्यही कुरा स्मरणमा आइरहेको छ। एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने सौभाग्य पाउँदा, आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन। आज आफ्नो धड़कन भन्दा कोही अरुको धड़कन म भित्र प्यारो आभास भइरहेको छ’, ऋचाले लेखेकी छन्, ‘आज तपाईंहरु माँझ यो ख़ुशी बाँड्न पाउँदा सम्पूर्ण महसुश भइरहेको छ।’

ऋचाले अघि भनेकी छन्, ‘मेरी आमा पनि पर क्षीतिज बाट भन्दै हुनुहुन्छ होला, ‘छोरी आज ठूली भई।’

आमाले भन्नु हुन्थ्यो आफ्नो सन्तान भएपछि थाह पाउछस। आज त्यही कुरा स्मरणमा आइरहेको छ । एउटा जीवनलाई आफ्नो गर्भमा हुर्काउने…

Posted by Reeccha Sharrma on Tuesday, April 13, 2021

बैशाख १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्