म्यानचेस्टर सिटीले बनायो च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान

इंग्लिस क्लब म्यानचेस्टर सिटी च्याम्पियन्सन लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

जर्मन क्लब बोरुसिया डर्टमुण्डलाई समग्रमा ४–२ ले पराजित गर्दै पेप गार्डिवलाको टिम म्यानचेस्टर सिटीले अन्तिम चारमा स्थान बनाएको हो ।

क्वाटरफाइनलको दोस्रो लेग अन्तर्गत बुधबार राति भएको खेलमा म्यानचेस्टर सिटी २–१ ले विजयी भयो । घरेलु मैदानमा भएको पहिलो लेगमा उसले डर्टमुण्डलाई २–१ ले नै पराजित गरेको थियो ।

बुधबार रातिको खेलमा १५ औँ मिनेटमा बेलिन्घमको गोलबाट डर्टमुण्डले सुरुवाति अग्रता लियो ।

५५ औँ मिनेटमा पाएको पेनाल्टीमा रियाद महरेजले सिटीका लागि बराबरी गोल गरे । ७५ औँ मिनेटमा जेम्स फोडिनले गोल गरेपछि सिटी २–१ ले विजयी भयो ।

फाइनल प्रवेशका लागि सिटीले सेमिफाइनलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) को सामना गर्ने छ ।

बैशाख २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्