मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्ताव विपक्षीले संसद सचिवालयमा बुझाए

काठमाडौँ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव संसद सचिवालयमा बुझाएको राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले जानकारी दिएका छन् ।

कांग्रेस, माओवादी र राष्ट्रिय जनमोर्चाका २८ प्रदेश सांसदको हस्ताक्षरसहित मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव तयार भएको थियो ।

सो प्रस्ताव दर्ता हुनु पूर्व नै मुख्यमन्त्रीको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले बुधबार मध्यरातदेखि लागु हुने गरि गण्डकी प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका थिए ।

अधिवेशन अन्त्य भएपछि प्रस्ताव दर्ता हुन नपाए पनि आफ्ना तीन सांसदसहितले सो प्रस्ताव सचिवालयमा बुझाएको नेता केसीले बताए ।

प्रदेशसभा सचिवालयमा बुझाइएको सो प्रस्तावमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीलाई प्रस्ताव गरिएको छ ।

बैशाख २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्