एनआईबीएल एस क्यापिटलद्वारा तालिम सञ्चालन

काठमाडौँ– नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबीएल म्युचुअल फण्डको कोष व्यवस्थापक, डिपोजटरी रहेको एनआईबीएल एस क्यापिटल लिमिटेडद्वारा केफसी, पिजा हट र क्रिम बेल आइसक्रिम फुड चेन सञ्चालन गरिरहेको कर्मचारीलाई सामूहिक लगानी कोषसम्बन्धी तालिम प्रदान गरेको छ।

दरबारमार्ग, थापाथली (ब्लुबर्ड मल), लाबिम मल, ठिमी, बौद्ध, महाराजगन्ज र पोखरा शाखाका कर्मचारीलाई सामूहिक लगानी कोषसम्बन्धी विशेष सचेतनामूलक कार्यक्रम र तालिम सञ्चालन गरेको हो।

सामूहिक लगानी कोष नियमावली २०६७ को कार्यान्वयनपश्चात नेपालकै पहिलो खुलामुखी योजना तथा अन्य दुई बन्दमूखी योजना सञ्चालन गरिरहेको यस क्यापिटलद्वारा सञ्चालित कार्यक्रममार्फत उक्त कम्पनीका कर्मचारीले सामूहिक लगानी कोषसम्बन्धी विस्तृत जानकारी पाउनुका साथै पुँजीबजारसँंग सम्बन्धित अन्य विषयको समेत जानकारी गराएको जनाएको छ।

बैशाख २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्