काठमाडौँ- काठमाडौँ उपत्यकामा बिहीबार बेलुकी ठूलो हावाहुरीसहित चट्याङसमेत गर्दा स्थानीय त्रसित भएका छन्।

सर्वसाधारणहरुले सामाजिक सञ्जालमा ठूलो हावाहुरी चलेकाले घरमै रहन आह्वान गर्दै तस्बिरहरु राखेका छन्।

चैतवैशाख हावाहुरी आउने महिना भए पनि यसअघि यति ठूलो हावाहुरी नआएको काठमाडौँबासीहरुले सामाजिक सञ्जालमा लेखेका छन्।

करिब दुई घन्टा चलेर हावाहुरी रोकिएको थियो।

देशसञ्चारका फोटो पत्रकार सुलभ श्रेष्ठले बिहीबार बेलुकी चट्याङ पर्दाका केही तस्बिर खिचेका छन्: