जनस्वास्थ्यका मापदण्डको कडाइका साथ पालना गर्न राष्ट्रपतिको आह्वान

फाइल तस्बिर ।

काठमाडौँ– राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना भाइरस (कोभिड–१९)को जोखिम बढ्दै गएका कारण जनस्वास्थ्यका सुरक्षात्मक उपायहरु अपनाउन आह्वान गरेकी छन्।

सामाजिक सञ्जालमार्फत राष्ट्रपति भण्डारीले सरकारले जारी गरेका जनस्वास्थ्यका मापदण्ड कडाइका साथ पालना गर्न सबैलाई आग्रह गरेकी हुन्।

‘कोभिड–१९ महामारी विरुद्ध नेपाल सरकारको प्रभावकारी प्रतिकार्य रणनीति र नागरिकको धैर्यताका कारण यो नियन्त्रण उन्मुख रहेकोमा केही समययता संक्रमणको जोखिम पुनः बढेर गएको हुनाले सरकारले जारी गरेका जनस्वास्थ्यका सुरक्षात्मक उपायहरू अझ कडाईका साथ पालना गर्न म सबैमा हार्दिक आह्वान गर्दछु’, राष्ट्रपतिले भनेकी छिन्।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्