नेदरल्याण्ड्सविरुद्ध कुशल भुर्तेलको अर्धशतक

नेदरल्याण्ड्सविरुद्ध ब्याटिङ गर्दै आसिफ र कुशल। तस्बिरः क्यान। फाइल तस्बिर।

काठमाडौँ– त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपालका कुशल भुर्तेलले अर्धशतक प्रहार गरेका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी खेलमा भुर्तेलले ३० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन्।

नेपाल यतिबेला नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याइरहेको छ। नेपालको तर्फबाट भुर्तेल र आशिफ शेखले व्याटिङ गरिरहेका छन्। नेपाल ९ ओभरमा बिना क्षति ८५ रन बनाएर खेलिरहेको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको नेदरल्याण्ड्सले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १३६ रन बनाएको थियो।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्