६२ रन बनाएर आउट भए कुशल

काठमाडौँ– त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज अन्तर्गत नेदरल्याण्डविरुद्ध शानदार व्याटिङ गरेका कुशल भुर्तेल ६२ रन बनाएर आउट भएका छन्।

उनलाई नेदरल्याण्ड्सका जुलियन डी मेले आउट गरेका हुन्।

४६ बलको सामना गरेका भुर्तेलले ५ चौका र ५ छक्कासहित ६२ रन बनाए। नेपाल यतिबेला नेदरल्याण्ड्सले दिएको १३७ रनको लक्ष्य पछ्याएर व्याटिङ गरिरहेको छ।

बैशाख ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्